आङ साङ सुकीलाई थप ६ वर्ष जेल सजाय

म्यानमार । म्यानमारको सैनिक सरकारले लोकतान्त्रिक नेतृ आङ साङ सुकीलाई थप ६ वर्ष जेल सजाय तोकेको छ ।

म्यानमारको अदालतले उनलाई भ्रष्टाचारमा संलग्न रहेको आरोपमा थप जेल सजाय सुनाएको हो ।

सुकी यसअघि नै जेलको सजाय पाएर कैदीबन्दी छिन् । अदालतका अनसार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्नका लागि सुकीले स्थापना गरेको फाउण्डेसनमार्फत भ्रष्टाचार गरेको उनीमाथि आरोप छ ।

सुकीमाथि चुनाव उल्लंघनदेखि भ्रष्टाचार समेत गरेर १८ मुद्दा दर्ता छन् । यही आधारमा हेर्ने हो भने उनीलाई १९० वर्षको जेल सजाय हुनसक्छ ।

यसअघि उनलाई ११ वर्षको जेल सजाय सुनाइएको थियो ।

कमेन्ट गर्नुहोस्