अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

रोल्पा । रोल्पा नगरपालिका १० धाङ्सी निवासी ५४ वर्षीय जय बहादुर बुढा मगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुषालले दिएको जानकारी अनुसार मृतक जय बहादुर बुढाले आफ्नो घरनजिक रहेको बनमा अरिङ्गाललाई पोल्ने क्रममा अरिङ्गालले टोकेको हो ।

 

अरिङ्गालको टोकाईबाट गम्भीर घाइते बनाएको र रोल्पा अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको भुषालले बताए।

कमेन्ट गर्नुहोस्