मेयर साम्पाङलाई प्रचण्डले भने -‘जनताको पक्षमा काम गर्नुस् माओवादीले साथ दिन्छ´

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघासँगै मेयर साम्पाङ पनि प्रचण्ड निवास खुमलटार पुगेर भेट गरेका  हुन्  ।

भेटमा अध्यक्ष प्रचण्डले मेयर साम्पाङलाई बधाई दिदै धरानमा राम्रो काम गरेर देखाउन शुभकामना दिएकाे उनकाे सचिवालयले जनाएकाे छ। 

बेघा नेकपा माओवादीबाट उपमेयरमा निर्वाचित भएका हुन् । मेयर साङपाङले केही दिनअघि प्रचण्डलाई धरानको श्रम अभियानमा सरिक हुन निमन्त्रणा गरेका थिए । भेटमा प्रचण्डले मेयर सांङ्पाङ्गलाई जनता र युवाको पक्षमा काम गर्न आग्रह गरे । जनताको पक्षमा काम गर्ने जोकोहिलाई माओवादीले साथ दिने समेत बताए ।

कमेन्ट गर्नुहोस्