बाइडेन, पुटिन र शी जिनपिङ एउटै मञ्चमा देखिने, इण्डानेशियाले चाल्यो यस्तो कदम

काठमाडौं । अमेरिका, रुस र चीनका राष्ट्रपति एउटै मञ्चमा देखिने भएका छन् ।

आगामी नोभेम्बरमा इण्डोनेशियाको बालीमा हुने जी २० देशहरुको सम्मेलनमा उनीहरु एउटै थलोमा आउने भएका हुन ।

बिबिसीका अनुसार, पुटिन र शि जिनपिंगले कार्यक्रममा सहभागी हुन निश्चित गरिसकेका छन् भने बाइडेन पनि सहभागी हुने आयोजकले जनाएका छन् ।

पछिल्ला दिनहरुमा जी २० को सदस्यताबाट रुसलाई हटाउन तथा पुटिनलाई दिइएको निमन्त्रणा रद्द गर्न अमेरिकाले दबाब दिएपनि इण्डोनेशियका राष्ट्पति विडोडोले भने आफूहरु विश्व शान्तिका पक्षमा रहेको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

लगत्तै उनले युक्रेन र रुसको भ्रमण गरेका थिए । विश्व शान्तिका लागि सबै नेताहरुबीच आपसी छलफल हुनु जरुरी रहेको बताउँदै विडोडोले रुस र युक्रेनले शान्ति मध्यस्थकर्ताको रुपमा इण्डोनेशियलाई सम्मान गरेको समेत बताए ।

बाइडेन सहभागी भएको खण्डमा पुटिनसँग भेट हुने या नहने विषयमा निक्र्यौल छैन । तर बिबिसीले भने बाइडेन र शिबीच भने कार्यक्रमा साइड मिटिंग हुनसक्ने सम्भावना रहेको जनाएको छ ।

पछिल्लो समयमा अमेरिकी सांसदकी सभाम्ुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको सम्बन्ध बिग्रेको छ । उता चीन र रुसले भने अमेरिकी हस्तक्षेपविरुद्ध औपचारिक साझेदारी नै गरेका छन् ।

कमेन्ट गर्नुहोस्