माओवादी केन्द्र स्थायी समिति बैठक भोली फेरी बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोली बस्नेगरी स्थगित भएको छ ।

आजको बैठकमा पार्टीको आगामी कार्ययोजना तथा पदाधिकारी टुंगो लगाउने विषयमा छलफल भएको थियो । बैठकमा पदाधिकारी र कार्यक्रम तथा कार्ययोजनाबारे सकारात्मक छलफल भएको महराले बता । तर पदाधिकारीको टुंगो भने भोली मात्रै लाग्ने प्रवक्ता कृष्णबहादुर महराले बताए ।

शुक्रबारको बैठकमा पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन नसकेपछि शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर टुंग्याइने उनले बताए ।

कमेन्ट गर्नुहोस्