जनयुद्धको मोर्चामा प्रतिस्पर्धा गर्ने वाईसीएल अब समाजवादी क्रान्तिको आधार तय गर्न लाग्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धको मोर्चामा जान प्रतिस्पर्धा गर्ने वाईसीएलले समाजवादी क्रान्तिको आधार निर्माणमा लाग्नुपर्ने बताएका छन् । वाइसिएलको नेतृत्वमा जनयुद्धका कमान्डरहरु रहेको बताए । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले  वाइसिएल पार्टीको सहायक संगठन भएकोले पार्टीमा एकता र क्रान्तिकारी चरित्र स्थापित गर्न उदाहरण बन्नुपर्ने बताए ।

उनले वाइसिएल नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन र परिर्वतनका उपलब्धिहरुको रक्षा र विकास तर्फ केन्द्रित हुनुपर्ने बताए ।

प्रचण्डले वाईसीएलले जनयुद्धमा खेलेको भुमिका जनसेना निर्माणमा पुर्याएको योगदानको चर्चा समेत गरे । वाईसीएल प्रतिगामीहरुको निम्ति आतंक र परिर्वतनकारीहरुको रक्षक भएको समेत बताए । देशमा प्रतिगमनको आन्दोलनमा वासिएलले खेलेको भुमिका अर्थपूर्ण र निर्णायक खेलेको बताएदै वाइसिएललाई सामान्य जनवर्गीय संगठनको रुपमा मात्रै नलिएको समेत बताए ।उनले पार्टीमा युवाहरुको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको बताए । युवाहरुको पार्टीको निर्णायक तहमा प्रतिनिधित्वले अब पार्टीमा नयाँ रक्त संचार गर्ने विश्वास व्यक्त गरे ।

युवाहरुको अन्तराष्ट्रिय गठन गरेर माक्स र ऐङ्गेल्सले युथ कम्युष्टिलाई दिएको महत्वलाई स्मरण गर्दै युवाहरुलाई माओवादी केन्द्रमा त्यहि किसिमले महत्व दिएको उनको भनाई थियो ।

 

गतवर्ष गरिएको सम्मेलनले नयाँ म्यासेज दिएर एकताबद्ध संगठन बनाउन खोजिए पनि त्यसो हुन नसकेको बताए । अध्यक्ष  प्रचण्डले हिजो लडाईको मोर्चामा एसल्टमा जान चाहानेको प्रतिस्पर्धा हुने गर्ने स्प्रिट भएको स्मरण गर्दै पछिल्लो समय पार्टीभित्रको पछिल्लो अनुभव नमिठो बन्दै गएको टिप्पणी गरे ।

जनयुद्धको बेलामा लडाईंको अग्रमोर्चामा को जाने भनेर प्रतिस्पर्धा हुने गरेको भएपनि अहिले पद र सुविधाका लागि मात्र प्रतिस्पर्धा हुन थालेको प्रचण्डले बताए।

‘हिजो हामी जनयुद्धमा हुँदा लडाईंको अग्रमोर्चामा को जाने भनेर प्रतिस्पर्धा हुन्थ्यो,’ प्रचण्डले भने, ‘कोही जान नपाएको खण्डमा हामी मर्न पनि जान नपाउने भने असन्तुष्टि हुन्थ्यो।’

तर, अहिले पद र सुविधाको लागि मात्र प्रतिस्पर्धा भएको प्रचण्डले बताए। ‘अहिले पद र सुविधाको निम्ति मात्र प्रतिस्पर्धा हुन्छ, संघर्षको निम्ति प्रतिस्पर्धा हुँदैन। आज भोलिको अनुभव अलिकति नमिठो बन्दै गएको छ।’

पार्टीभित्र देखिएको यस्तो विचलनको संकेत लाई चिर्न र देशको राजनीतिलाई सहि बाटोमा लान युवाहरुको भूमिका महत्वपूर्ण हुने प्रचण्डले बताए।

प्रचडले प्राकृतिक र मानविय संसाधनमा निकै अगाडि भएपनि नेपाल विकास र समृद्धिमा पछि पर्नु र्दुभाग्य भएको बताए ।  उनले विश्वका चर्चित विश्व विद्यालय र काममा नेपालीले उच्च क्षमता प्रर्दशन गर्ने गरेको भएपनि देशमै भने राजनीतिक नेतृत्वको इक्षा शक्तिको कमिका कारण युवाहरु निराश हुनुपरेको बताए । विकास निर्माण र सुसानको निम्ति निश्चित विचार सहित बलिदानीको कोटा चुक्ता गरेर आएको माओवादीलाई देशको नेतृत्वमा पुर्याए मात्रै जनताको भावना अनुसारको विकास समृद्धि र सुसासन हुने प्रचण्डको भनाई थियो  । देशलाई नयाँ गति दिन भुमिका खेल्न,परिर्वतनको संवाहकलाई नेतृत्वमा स्थापित गर्न युवाहरुलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्