समाजवादी फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई समाजवाद निर्माणको आधार तय गर्ने फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

काठमाडौंमा शुक्रबार योङ कम्युनिष्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

देशको राजनीतिलाई सही दिशासमा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले विकास र समृद्धिको निम्ति आधार तय गर्ने गरि भुमिका खेल्न निर्देशन दिए । क्रान्ति नदोहोरिने भएकाले परिमार्जित र विकसित रुपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।

 

 

कमेन्ट गर्नुहोस्