फोहोर बोकेर २८७ पुगे बञ्चरेडाँडा, खबरदारी गरेकोमा मेयर बालेनले गरे आभार

काठमाडौं । राजधानी उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर बोकेर २८७ वटा गाडीहरु बञ्चरेडाँडामा पुगेका छन् ।

काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन ।

फोहोर व्यवस्थापनको दायित्वबाट पछि नहटने बताउँदै मेयर बालेनले चासो, अपनत्व र खबरदारी गरेकोमा सबैप्रति आभार समेत व्यक्त गरेका छन् ।

यस्ताे छ उनकाे स्टाटस

आज २८७ फोहोर गाडी फोहोर बञ्चरे पुगेका छन् । यसमा साथ, सहयोग दिने सबैलाई धन्यवाद छ ।
अब काठमाडौ लाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि हट्ने छैन ।
काठमाण्डौँ देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ । यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ । यस किसिमको चासो र खबरदारीको सँधै आवश्यक रहन्छ । तपाईहरुको साथ, चासो, अपनत्व र खबरदारीहरु लागि हामी आभारी छौँ ।

कमेन्ट गर्नुहोस्