वाग्मती नदीमा र्‍याफ्टिङमार्फत जल विहार

काठमाडौं । वाग्मती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो ।

वाग्मती सरसफाइ अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्‍याफ्टिङमार्फत जल विहार गराएको हो ।

दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो ।

र्‍याफ्टिङका साथै बिहान नदीमा सरसफाइ पनि गरिएको थियो ।

वागमती काठमाडौं सभ्यताको मुख्य आधार भएको बताउँदै नाराका अध्यक्ष शिव अधिकारीले सोही कारण संरक्षणको आवाज मुखरित गर्न जल विहार गराइएको बताए ।
विभिन्न सरकारी, गैरसरकारी, व्यवसायिक संघसंस्था तथा काठमाडौं उपत्यकावासीका कारणले काठमाडौं शहरका साथै वागमती नदीको वातावरण पनि दूषित भएको भन्दै उनले सफाइ र सभ्यताको संरक्षण गर्न आवश्यक रहेको बताए ।

कमेन्ट गर्नुहोस्