अस्ताएका निष्ठाका सतिसाल स्मरणमा सधै जीवन्त छन् , अलबिदा प्रदीप गिरी (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि कांग्रेस मुख्यालय सानेपा राखिएको छ । गिरीलाई श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, आफन्त तथा शुभचिन्तक अहिले कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन् ।

 

 

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेता ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ।

ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन हुनुभएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीर अस्पताल परिसरमा ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्न ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका पूर्वराष्ट्रपति रामवरण यादव र नेका नेता शेखर कोइराला ।

कमेन्ट गर्नुहोस्