राजनेता गिरीको निधनले सच्चा र असल नेता गुमायौं : गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले कांग्रेसका नेता एवं समाजवादी चिन्तक राजनेता प्रदीप गिरीको निधनले देशले एक सच्चा र असल नेता गुमाएको बताएका छन् । श्रेष्ठले सामाजिक संजाल मार्फत गरीको निधनले आफु स्तब्ध भएको भन्दै सो कुरा बताएका हुन् ।

उनले समाजिक संजालमा लेखेका छन्–‘नेपाली काङ्ग्रेसका नेता एवं समाजवादी चिन्तक वैचारिक राजनेता मेरा परम मित्र प्रदीप गिरीजीको असामयिक निधनको खबरले म स्तब्ध भएको छु। वहाँको निधनले एक सच्चा र असल नेता गुमाएको छ। उहाँको आत्माको चीरशान्तिको कामना गर्दै यस दुखद घडीमा शोकसन्तप्त समस्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

कमेन्ट गर्नुहोस्