गिरीको निधन लोकतान्त्रीक आन्दोलमा क्षति : राष्ट्रिय जनमोर्चा

काठमाडौं । नेता प्रदिप गिरीको निधन प्रति राष्ट्रिय जनमोर्चाले दुःख व्यक्त गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वक्तब्य जारी गर्दै बौद्धिक व्यक्तित्व, निष्ठावान समाजवादी चिन्तकको मृत्युले नेपालको लोकतान्त्रिक आन्दोलनको लागि क्षति पुगेको बताएका हुन् ।

विज्ञप्तीमा भनिएको छ,–‘प्रदिप गिरी एउटा बौद्धिक व्यक्तित्व, निष्ठावान समाजवादी चिन्तक, लोकतन्त्रवादी तथा नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो । उहाँको मृत्युले नेपालको लोकतान्त्रिक आन्दोलनको लागि क्षति पुगेको छ । हामीले उहाँको मृत्युप्रति दुःख प्रकटगर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ तथा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।’

कमेन्ट गर्नुहोस्