विश्व विद्यालय सुधारमा ध्यान दिन त्रिवि पदाधिकारीलाई पंचा सिंहको आग्रह

काठमाडौं । अखिल(क्रान्तिकारी)का अध्यक्ष पंचा सिंहले विश्व विधालयका पदाधिकारी काम छोडेर राजनीति गर्न र नेताहरुको चाकरी र चाप्लुसीमा रमाउने गरेको बताएकी छन् । उनले विश्व विद्यालयको सुधारमा ध्यान दिन  गरिन् । अखिल(क्रान्तिकारी) त्रि–चन्द्र क्याम्पसको ११ औं सम्मेलनको उद्घान कार्यक्रममा सो अध्यक्ष सिंहले कुरा बताएकी हुन् ।

नेता सिंहले हरेक विद्यार्थीको सर्टिफिकेट क्याम्पस मै पुर्याउनुपर्नेमा आफ्नो संगठनले आवज उठाउदै आएको बताइन् । त्रिवि लगायतका विश्व विद्यालयलाई परिर्वनको आन्दोलनले नछोएको सर्टिफिकेट दिंदा कमिसनको चक्करमा लागेर विद्यार्थीलाई दुःख दिएको उनको आरोप थियो । शैक्षिक सर्टिफिकेट लिन केन्द्रमै धाउनुपर्ने स्थिती रहेको भन्दै उनले शिक्षा क्षेत्र परिवर्तनको आन्दोलन र संघियताको मर्म अनुसार चल्नुपर्ने बताइन् ।

अखिल(क्रान्तिकारी) देशको आमुल परिवर्तनको लागि बन्दुकसँग पौंठेजोरी खेलेर आएको संगठन भएको बताएकी छन् । क्रान्तिकारी युवा विद्यार्थीले जीवन र मरणको साहासिक युद्ध लडेर ल्याएको गणतन्त्रमा अन्य संगठनले रजाइँ गरेको उनले बताइन् ।

शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा न्याय र समानताको आन्दोलनमा लागेकाहरुको पक्षमा निर्णय हुनुपर्ने भन्दै सिंहले अहिले पनि बेपत्ता योद्धाहरुको सास वा लासको खोजीमा लाग्नुपर्दा दुःखद अनुभुति हुने गरेको बताइन् ।

उनले भनिन्–‘ व्यवस्था परिर्वतन गरेर आएका योद्धाहरुको अवस्थाबारे परिवार र राज्य आज पनि बेखर छ । त्यसको निरोपण छिट्टै हुनुपर्छ ।’

उनले व्यवस्था परिर्वतनको आन्दोलनले आंशिक सफलता हासिल गरेपनि अवस्था परिर्वतन गर्न नसकिएको बताइन् । उनले भनिन्–‘ जनवादी शिक्षाको वकालत गर्ने, निःशुल्क स्वास्थ्य हुनुपर्छ भन्ने हामीले जनतालाई भनेको र देखाएका सपना पूरा गर्न सकेका छैनौं ।शिक्षा र स्वास्थ्यमा आमुल परिर्वतन र विभेदको अन्य गर्न आवश्यक छ । ’ हरेक प्रकारका विभेदका रेखाहरु अन्त्य गर्नको निमित्त ब्यवस्था परिवर्तनको नेता संगठन क्रान्तिकारीका योद्धाहरु लाग्नुपर्नेमा सिंहको जोड थियो ।

पछिल्लो समय ‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ कार्यक्रम मार्फत विद्यार्थीका कक्षा कोठामा अखिल(क्रान्तिकारी) पुग्ने प्रयास गरेको सिंहले बताइन्।

शैक्षिक परिवर्तनको अगुवाई गर्ने क्रान्तिकारीले विद्यार्थी र बेन्चका समस्या बोके मात्रै क्रान्तिकारी हुनुको अर्थ रहने बताइन्।

कार्यक्रममा अखिल( क्रान्तिकारी)का केन्दीय उपाध्यक्ष तुकमान महराले एक हातमा बन्दुक र अर्को हातमा कलम बोकेर परिर्वनको निम्ती बलिदानको कोटा चुक्ता गरेर आएको संगठनमा सबै परिर्वतनकारी विद्यार्थीलाई आबद्ध हुन आग्रह गरे ।

सम्मेलनले प्रदिप भण्डारीको नेतृत्वमा ५१ सदस्यीय नँया कमिटी चयन गरेको छ ।

कमेन्ट गर्नुहोस्