नेकपामा हुँदा ओलीले संसद विगठन र चितवनको विकासमा अवरोध पुर्याउने ध्यानमा मात्रै लागे

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजीतिक स्थाइत्व र विकासको सपना देखेर गठबन्धन बनाइएको भएपनि अर्का अध्यक्ष ओली पटकपटक संसद विगठन गर्ने र प्रचण्डलाई चितवनमा असफल बनाउने ध्याउन्नमा बाहेक अन्त नलागेको बताएका छन् ।आज (बुधबार) चितवनको माडीमा विभिन्न आयोजनाको शिलान्यास र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

चितवनको विकासमा गर्नुपर्ने धेरै कामहरु बाँकि रहेको भएपनि विकास र समृद्धिका लागि पहल गरेको बताए । अध्यक्षले नारायणी नदीमा केही दिनभित्रै नयाँ पुल शिलान्यास हुने बताए । प्रचण्डले भने, ‘भरतपुर र माडीमा देशलाई नै मोडेल दिनेगरी विकास गर्ने चाहाना छ । विस्तारै विकासले गति लिएको छ । निकुञ्ज ऐन संसोधनको गाठो फुकाउन बाँकी छ । छिट्टै पुरा हुन्छ ।’ अध्यक्ष प्रचण्ड आज दिनभर माडीका विभिन्न कार्यक्रममा सहभागी भएका छन्।

उनले भने–, ‘भरतपुर र माडीमा देशलाई नै मोडेल दिनेगरी विकास गर्ने चाहाना छ । विस्तारै विकासले गति लिएको छ । निकुञ्ज ऐन संसोधनको गाठो फुकाउन बाँकी छ । छिट्टै पुरा हुन्छ ।’ अध्यक्ष प्रचण्ड आज दिनभर माडीका विभिन्न कार्यक्रममा सहभागी हुने छ ।

कमेन्ट गर्नुहोस्