बालेन्द्रलाई एमाले नेता वस्नेतको चेतावनी : आतंक नियन्त्रण गर्न बाध्य हुन नपरोस्

काठमाडौं । नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा काठमाडौं महानगरपालिकाले डोजर चलाएको घटनाप्रति नेकपा एमालेका नेता महेश बस्नेतले आक्रोशपूर्ण चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा अल्फा बिटाका सञ्चालकसहित एमाले अध्यक्ष केपी शर्मा ओली र आफूसहितको फोटो सार्वजनिक गर्दै बस्नेतले महानगर प्रमुख बालेन्द्र शाहलाई अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन चलाएको भनेर प्रश्न गरेका छन्।

बस्नेतले अल्फा बिटाका सञ्चालक आफूहरुसँग नजिक भएकै कारण वा फोटो खिचाएका कारण डोजर चलाएको भए आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका छन्। ‘बालेन शाहले अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन लगाएको?’ बस्नेतको प्रश्न छ(
१. नक्सा पास अनुसार घर निर्माण नगरेको भएर ?

२. हामीसँग नजिक भएर या फोटो लिएको कारण ?
उनी अगाडि लेख्छन्, ‘पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरुले कानूनी उपचार खोज्लान् नै। दोश्रो कारण हो भने त हामी समेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ।’
उनले अराजकता नफैलाउन ‘कथित बुद्धिजीवी’ लाई चेतावनी दिएका छन्।

 

 

कमेन्ट गर्नुहोस्