नेपाललाई विश्वमा चिनाएका राजकुमार अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर बेलायतमा

काठमाडौं । चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने भएको छ ।

निमार्ण पक्षले दिएको जानकारी अनुसार २७ अगष्टमा बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा प्रिमियर शो हुन लागेकोे हो । चलचित्रको पहिलो प्रिमियरपछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा यसको प्रदर्शन गरिनेछ ।
त्यसै गरी २५ सेप्टेम्बरमा क्यानाडामा यस चलचित्रको प्रदर्शन गरिनेसमेत निर्माण समूहले जानकारी दिएको छ । नेपालमा भने यो चलचित्रको प्रदर्शन सन् २०२३ मा मात्र हुने भएको छ ।

नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्सन जनारामा निर्माण गरिएको छ ।

युवराज राई ९वीरबहादुर० द्धारा निर्देशित यो चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका हुन । एक आर्मी संघर्षलाई चलचित्रको कथाबस्तुमा समेटिएको निमार्ण पक्षले जनाएको छ । विजया राईको प्रस्तुती रहेको चलचित्रको प्रिमियरका लागि दर्शकलाई २० पाउण्ड टिकटदर राखिएको छ ।

संकलित रकम सामाजिक सेवामा खर्च गरिने पनि निमार्ण पक्षले जनाएको छ । चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्