माओवादी केन्द्रको चुनाव लक्षित बैठक तथा प्रशिक्षण तीव्र

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले चुनाव लक्षित प्रदेश​ बैठक तथा प्रशिक्षणलाई तीव्रता दिएको छ । जस अन्तर्गत आज पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको बैठक आयोजना गरिएको छ ।

बागमती प्रदेश समितिको बैठक ललितपुरको सिद्धार्थ कटेजमा चलिरहेकाे छ । बैठकमा बागमती प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीलाई सहभागी हुन आग्रह गरिएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरुको सहभागिता रहने भएको छ ।

भोलि उपत्यका विशेष प्रदेशको प्रशिक्षण काठमाडौं बैकुट थापागाँउ, बानेश्वरमा १ बजे गरिने भएको छ । साथै, १५ गते सम्पर्क समन्वय समिति प्रदेश, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने माओवादी केन्द्रको तयारी छ ।

कमेन्ट गर्नुहोस्