देउवा सहितका कांग्रेस पदाधिकारीले राष्ट्रपतिलाई भेट्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्दैछन् ।

भण्डारीलाई भेट्न देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे राष्ट्रपति भवन शितल निवास जाँदैछन् ।

सरकारको प्रमुखभन्दा पनि कांग्रेसको पार्टी सभापति र पार्टी पदाधिकारीको हैसियतमा राष्ट्रपतिलाई भेट्न जान लागेको एक नेताले जानकारी दिए ।

उनले भेटको एजेण्डाका बारेमा भने आफूहरुलाई केही जानकारी नदिइएको बताए ।

कमेन्ट गर्नुहोस्