जनप्रगतिशिल मञ्चको सांकृतिक कार्यक्रम : जनवादी गायक जीवन शर्मा सहितका कलाकार दुबईमा

काठमाडौं । नेपाल जनप्रगतिशिल मञ्च युएईको आयोजनामा दुबईमा हुने तीज विशेष सांस्कृतिक कार्यक्रमको लागि जनवादी गायक जीवन शर्मा लगायत कलाकारहरु दुबईमा पुगेका छन् ।

आफ्नो कला संस्कृति र परम्पराको संरक्षण गर्ने उदेश्यले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा शर्मासंगै बरिस्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ, कला लम्साल, शोभा त्रिपाठी, एलिना मगर, जेनिस उप्रेती लगायत कलाकारहरु दुबई पुगिसकेका छन् ।

विशेषगरी हिन्दु नारीहरु लगायत तीज मान्ने महिलाहरुका लागि प्रवासमा पनि नेपाली संस्कृतिको झल्को दिने उदेश्यले भोली सेप्टेम्बर ४ तारिखका दिन दिउँसो ठिक १ बजे बरदुबइ स्थिति अष्ट्रोरिया होटलमा सुरु हुनेछ ।

राष्ट्रिय कलाकारहरुको साथमा प्रवासमा रहेका नेपाली कलाकारहरुको विशेष प्रस्तुतिका साथ गर्न लागेको ‘तीज विशेष सांस्कृतिक धमाका-२०२२’ को सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक नवीन दोङ तामाङले जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्