०४२ साल देखिको चिकित्सा शिक्षा ऐनमा संसोधन आवश्यक छ : कल्पना धमला

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य कल्पना धमालले ०४२ साल देखिको पुरानो चिकित्सा शिक्षा ऐनमा संसोधन आवश्यक रहेको बताएकी छन् । अखिल नेपाल फार्मेसी संघको तेस्रो राष्ट्रिय सम्मेलनमा आफ्नो मन्तव्य राख्ने क्रममा उनले स्वास्थ्य क्षेत्रका अधिकांश विधाले चिकित्सा शिक्षा ऐनको संसोधनको माग राख्दै आएको बताइन् । स्वास्थ्य क्षेत्रकका ४३ वटै विधाको उत्तिकै अपनत्व हुने गरि चिकित्सा शिक्षा ऐन संसोधन गर्नुपर्ने उनको भनाई थियो ।

धमलाले संसदको शिक्षा स्वास्थ्य समितिमा चिकित्सा शिक्षा आयोगको ऐनलाई संसोधनको माग उठेको बताइन् । चिकित्सा क्षेत्र भन्ने वित्तिकै चिकित्सक( डाक्टरहरु)मात्रै नभएर स्वास्थ्य क्षेत्रका हरेक विषय र क्षेत्र पर्ने हुँदा सबैलाई समेट्ने खालको स्वास्थ्य नीति बनाउन आवश्यक हुने उनको भनाई थियो । नेपाल संघिय प्रणालीमा गएको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा पनि संरचनागत परिर्वतनको आवश्यकता रहेको बताइन् ।

नेपालको संवैधानिक र परिर्वतनको आन्दोलनको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले गर्दै आएको स्मरण गर्दै उनले स्वास्थ्य क्षेत्रको आमुल परिर्वनको नेतृत्व पनि माओवादी केन्द्रले नै गर्ने बताइन् । नेपालको मौलिकतामा आधारित भएर देशलाई समाजवाद तर्फ लैजानको निम्ति माओवादी केन्द्रले देशको नेतृत्व स्थापित हुनुपर्ने बताइन् ।

धमलाले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिहरुले स्वास्थ्य क्षेत्रको आमुल परिर्वनसँगै देशको भाग्य भविस्य निर्माणको निम्ति माओवादी केन्द्रलाई देशको नेतृत्वमा पुर्याउन भुुमिका निर्वाह गर्नुपर्ने बताइन् ।

कमेन्ट गर्नुहोस्