भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति भण्डारी समक्ष भाषा आयोगका अध्यक्ष अवस्थीले आयोगको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

प्रतिवेदन पेश गर्दै भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले आयोगले नेपाली भाषाका अतिरिक्त विभिन्न ११ वटा अन्य भाषालाई प्रदेशगत रुपमा सरकारी कामकाजको भाषाको रुपमा सिफारिस गरेको बताए ।


अध्यक्ष अवस्थीले भाषाको संरक्षण, संवर्द्धन र विकासका लागि भाषिक सर्वेक्षण गर्न आवश्यक रहेको उल्लेख गदै मातृ भाषाको प्रयोग र विस्तारमा जोड दिनुपर्ने आयोगको सुझाव रहेको पनि बताए।

कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले भाषा संरक्षण एवम् संवर्द्धनका लागि भाषा आयोगले खेलेको भूमिका सराहानिय रहेको बताए ।

समारोहमा राष्ट्रपति कार्यालयका उच्च पदस्थ अधिकारी, भाषा आयोगका पदाधिकारी, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्