गैरआवासीय नेपाली संघकाअध्यक्ष लगायत पदाधिकारी र नेपालका लागी श्रीलंकाली राजदूतबीच भेटवार्ता

कोलम्बो । नेपालका लागी श्रीलंकाली राजदूत हिमाली अरुणतिलका तथा कन्सुलर निलुसा दिलमीनीले गैरआवासीय नेपाली संघको कार्यालयममा भ्रमण गरेका छन । यस अवसरमा उनलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापा लगायत संघका पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतले सचिवालयमा स्वागत गरेका थिए ।

अरुणतिलकाले खासगरी नेपालमा संघको स्थापना, उद्देश्य तथा यसको विश्वव्यापी संजालको विषयमा चासो व्यक्त गरे। श्रीलंकामा पनि यस्तै छाता संगठन मार्फत गैरआवासीयहरुलाई एकीकृत गरी विकास साझेदारको मुल प्रवाहमा कसरी ल्याउन सकिन्छ भन्नेमा उहांको भ्रमण केन्द्रित थियो ।

यस अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापा, उपाध्यक्ष डि.बि क्षेत्री लगायतका पदाधिकारीहरुले संघले आजको अवस्था सम्म आउन गरेको प्रयास, चुनौती र आयामहरुको विषयमा प्रकाश पारे ।

यसरी नै महामहिम राजदूत अरुणतिलकाले गैरआवासीय नेपाली संघले आफ्नो संजाल विस्तार गर्न र नेपालको समृद्धिमा सहयोगको लागि गरेको प्रयास सिक्न लायक भएको प्रशंसा गर्दै आगामी दिनमा आफ्नो मुलुकमा पनि यस्तै संजाल बनाउने अभियानमा श्रीलंकाको सरकार प्रयासरत रहने बताए ।

अन्त्यमा, अध्यक्षद्वयले यस भ्रमणले गैरआवासीय नेपालीहरुले गरेको अभियानमा छिमेकी मुलुकले समेत चासो दिएकोमा उनी समक्ष हार्दिक अभार ब्यक्त गरे । यस्तै उनीहरुले आगामी दिनमा सहयोग तथा सिकाई आदान प्रदान गर्ने कुरामा जोड दिई यो भ्रमण एक कोशेढुंगो सावित भएको बताए।

कमेन्ट गर्नुहोस्