अखिल (क्रान्तिकारी) त्रि–चन्द्र क्याम्पस कमिटीद्वारा क्याम्पस सरसफाइ

काठमाडौं । माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले त्रि– चन्द्र क्याम्पसमा सरसफाइ गरेको छ । राणाकालीन एतिहासिक महत्त्व बोकेको क्याम्पस अव्यवस्थित र फोहोर बनेको भन्दै क्याम्पस सुधारको अभियान नै चाल्नुपर्ने क्रान्तिकारीले जनाएको छ ।

क्याम्पसको फोहोर मात्रै नभएर विकृतिको फोहोर सफा गर्ने उद्देश्यले बृहत सरसफाइ राखिएको क्याम्पस कमिटी अध्यक्ष प्रदीप भण्डारीले बताए ।क्याम्पस हाताभित्र प्लास्टिकजन्य फोहोर जतासुकै रहेको भन्दै प्लास्टिक रहित `क्लिन र ग्रीन त्रि-चन्द्र´ बनाउने गरि लागिने उनले बताए ।

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तुकमान महराको प्रमुख आतिथ्यतामा भएको सरसफाइ कार्यक्रममा त्रि–चन्द्रकै पूर्व नेता केन्द्रीय सदस्य द्वोय दीपक भण्डारी, महेन्द्र चन्द ठकुरी लगायतका अतिथिको उपस्थिति थियो ।

साथै,सरसफाई कार्यक्रममा क्याम्पस कमिटीका पदाधिकारी सदस्यहरु र विद्यार्थीे उत्साहपूर्वक सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्