सिट बाँडफाँट आजै टुंग्याउने गरी अघि बढेका छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय आजै टुंगो लाग्ने बताएका छन्। पोखरामा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सो कुरा बताएका हुन्।

आज दिउँसो २ बजेदेखि बैठक बस्ने र ३ बजेपछि टुंगोमा पुग्नेगरी समझादारी बनेको उनले बताए।

‘गठबन्धनको सकारात्मक ढंगले समझदारीको निकटमा छौं। हिजो अरु नेताको अन्यत्र कार्यक्रम नपरेको भए हिजैं टुंगो लाग्थ्यो,’ प्रचण्डले भने, ‘२ बजेबाट हामी र ३ बजेदेखि आजै टुंग्याउ नेगरी अघि बढेका छौं। जटिल केही भएको छैन्। समझदारी बनाएर जान्छौं।’ प्रचण्डले सत्ता गठबन्धनमा कुनै समस्या नभएको पनि बताए।

कमेन्ट गर्नुहोस्