बाढी पीडितलाई राहत वितरण गर्न वाईसीएलको टीम दार्चुला प्रस्थान

काठमाडौं । दार्चुलामा बाढीपहिरोका कारण प्रभावितहरुलाई राहत वितरणका लागि वाईसीएल नेपालको टिम त्यसतर्फ प्रस्थान गरेको छ ।

शनिबार दार्चुलाको महाकाली नगरपालिका लासुखोला बाङ्ग बगर र नौगाड गाउँपालिकामा भिषण बर्षापछि आएको बाढीपहिरोले निम्त्याएको जनधनको क्षतिमा राहत दिने उद्द्श्यले त्यहाँ जान लागिएको वाईसिएल नेपालले जनाएको छ ।

राहत वितरणका लागि वाईसीएल केन्द्रीय कार्यालयको तर्फबाट प्रतिनिधिहरु आपतकालीन सामाग्रीहरूसहित त्यसतर्फ प्रस्थान गरेको वाईसीएलका केन्द्रीय सचिव हरी ढकालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्