माओवादीका बाँडफाँट कार्यदल सदस्य गुरुङलाई डेंगी, पुनलाई कोरोना

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका कार्यदलका दुई सदस्य विरामी परेका छन् ।

मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि सिट फाट बाँडफाँट गर्ने कार्यदलमा रहेका माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव वर्षमान पुन विरामी परेका हुन् ।

महासचिव गुरुङलाई डेंगी संक्रमण भएको छ भने उपमहासचिव वर्षमान पुन कोरोना संक्रमित भएको उनको सचिवालयले जानकारी दिएको छ । यस अघि सिट बाँडफाट कार्यदलको बैठकमा यीनै दुई नेताले माओवादीको तर्फबाट काम गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्