श्रीलंकाविरुद्ध नेपाललाई पहिलो हाफमा ४-० गोलको अग्रता

काठमाडौं । रश्मी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाहीको गोलमा नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफ सकिँदा श्रीलंकाविरुद्ध ४-० गोलको अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १०औं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । उनले हिरा कुमारी भुजेलको पासमा गोल गरेकी हुन् । त्यसको एक मिनेटपछि सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन । उनले पुनम जर्घा मगरको पासमा गोल गरेकी हुन् ।

नेपालले १७ औं मिनेटमा अमृताले गोल गर्दै नेपाललाई ३९० को दिलाइन । पहिलो हाफको इन्ज्युरी समयमा दिपा शाहीले गोल गर्दा नेपालले पहिलो हाफमा ४९० गोलको अग्रता दिलायो । नेपाल आजको खेलमा सहज जित निकाल्दै समूह विजेता भएर फाइनलमा पुग्ने योजनामा छ । यता श्रीलंका पनि प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ ।

कमेन्ट गर्नुहोस्