साफ महिला च्याम्पियनसिप : श्रीलङ्कालाई ६-० को अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा समूह ‘बी’ को नेपालले श्रीलङ्कालाई ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।

नेपाललाई सेमिफाइनलमा पुर्याउनका लागि अमिसा कार्कीले २ गोल गरिन् भने रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक–एक गोल गर्न सफल भए ।

रंगशालामा भएको खेलमा १० ‌औं मिनेटमा रश्मीकुमारी घिसिङले हेडिङ गोल गर्दै नेपाललाई अग्रता दिलाउन सफल भएकी थिइन् । हिरा कुमारी भुजेलको क्रसमा उनले हेडिङमार्फत गोल गरेकी थिइन् ।

खेलको केही मिनेटमै सरु लिम्बुले पनि हेडिङमार्फत गोल गर्न सफल भइन् । अमृता जैशीले १७ औं मिनेटमा हेडिङमार्फत नै गोल गरिन् । यस्तै, खेलको पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले फेरि गोल गरिन् ।

खेलको दोस्रो हाफको खेलको ७६ औं मिनेटमा अमिसाले गोल गर्दै नेपाललाई ५–० गोलको अग्रता दिलाइन् । साथै, अमिसाले खेलको इन्जुरी समयमा पुनः दोस्रो गोल गर्दै नेपाललाई ६–० गोलको जित दिलाइन् ।

कमेन्ट गर्नुहोस्