अध्यक्ष प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष लिबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सु र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता शुरु भएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा केहीबेर अघि संवाद सुरु भएको हो ।

भेटमा अध्यक्षसँगै माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत अन्य नेताहरु रहेका छन् ।

सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।

अध्यक्ष लीले आज दिनभर उच्चस्तरिय भेटवार्ता गर्दैछन्। आज नै उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्