संक्रमणकालीन न्यायको विषयमा राजनीति गरिए राम्रो हुँदैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिकरण गरिए राम्रो नहुने बताएका छन । बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन।

अध्यक्ष प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सहमतिकै आधारमा अघि बढाइनुपर्ने बताए ।

उनले संक्रमणकालीन न्यायको विषयमा राजनीतिक आग्रह/पूर्वाग्रह हुनु नहुनेमा जोड दिए । अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायको विषयमा राजनीतिक आग्रह/पूर्वाग्रह आउन देश र लोकतन्त्रको लागि राम्रो नहुने चेतावनी दिए ।

उनले विधेयकमा केही शब्दका बारेमा विवाद देखिएको उल्लेख गर्दै त्यसमा जित वा हारतिर नगइ सबैलाई मान्य हुनेगरी अघि बढ्न आवश्यक रहेको बताएका छन ।

कमेन्ट गर्नुहोस्