हिमाली क्षेत्र सोलुमा समेत देखियो डेंगु सङ्क्रमण

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा समेत डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाभित्रका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । अस्पताल निमित्त प्रमुख सानी शेर्पाकाअनुसार थुलुङ दूधकोशी गाउँपालिका–२ काँगेलका ३३ बर्षीय युवक र वडा नम्बर ३ का ६० बर्षीय वृद्धलाई सङ्क्रमण पुष्टि भएको हो ।

उनीहरुको ट्राभल हिस्ट्री नभएको बताइएको छ । काँगेलका वृद्धलाई बस्तुभाउ चराउने क्रममा दिउँसो लामखुट्टेले टोकेको थियो । त्यसको केही दिनमा उनलाई टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने जस्ता लक्षणका कारण बिरामी परेका थिए ।तराईमा मात्रै देखिने गरेको डेङ्गु मौसम परिर्वनको कारण हिमाली क्षेत्रमा समेत देखा पर्न थालेको हो ।

मोबाइलको रिङ ब्याकटोनमा राखिएको सन्देशको सुनेर शंका लागेपछि फाप्लु अस्पतालमा परिक्षण गर्दा डेंगु पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्