नेपाललाई हराउँदै भारतले जित्यो यू–१७ साफको उपाधि

काठमाडौं । भारतले साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोको रेस कोर्स ग्राउण्डमा भएको खेलको १८ औं मिनेटमा बोबी सिंहले गोल मार्फत भारतले अग्रता लिएको थियो ।

खेलको ३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतको अग्रता दोब्बर पार्यो । खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए । खेलको ६२औं मिनेटमा भारतका थङ्गालाइसुनले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाए । खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४–० गोलको जितसँगै उपाधि दिलाए ।

कमेन्ट गर्नुहोस्