मुगुमा माओवादी केन्द्रले सबै निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस गर्‍यो

मुगु । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागी नेकपा (माओवादी केन्द्र) मुगुले सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरु सिफारिस गरेको छ । सहमति हुन सकेको निर्वाचन क्षेत्रमा एकल र सहमति हुन नसकेको निर्वाचन क्षेत्रमा आकांक्षी उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गरेको छ ।

सत्तारुढ दलहरु बीच चुनावी गठवन्धन भएमा प्रदेश सभा निर्वाचन क्षेत्र (ख)माओवादी केन्द्रले पाउनु पर्ने दाबी सहित जिल्लाका सिनियर नेताहरुले प्रदेशसभा (ख) मा उम्मेदवारी दाबी गरेका छन् । माओवादी केन्द्र मुगुले पार्टी केन्द्रीय सदस्य मंगल बहादुर शाही (प्रतिक), कर्णाली प्रदेश समिति सह सचीव बिर्ख बहादुर थापा (मानव प्रकाश) र मुगु जिल्ला संयोजक सुकबिर बुढा (सुर्य)लाई प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को प्रत्यक्ष उम्मेदवारका लागी सिफारिस गरेको छ ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको मुगुमा प्रतिनिधि सभा र प्रदेश सभा (क) मा माओवादी केन्द्रले दाबी नगरे तापनि उम्मेदवार भने सिफारिस गरेको छ। प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवारको लागी अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य नवराज कार्कीलाई सिफारिस गरेको छ भने प्रदेश सभा निर्वाचन क्षेत्र (ख)को प्रत्यक्ष उम्मेदवारको लागि पार्टी प्रदेश समिती सदस्य केबल बहादुर मल्ललाई सिफारिस गरेको छ ।

त्यसैगरी माओवाद केन्द्र मुगुले सबै निर्वाचन क्षेत्रका लागी समानुपातिक तर्फका उम्मेदवार पनि सिफारिस गरेको छ। प्रतिनिधि सभाको लागी खस आर्य कलस्टर बाट मर्णिचन्द्र कार्की, जनजाति बाट सोनाम यान्की लामा र दावा पुटिक लामा, दलित बाट बिर्ख टमाटा र महिला बाट मधुली नेपाली सिफारिस भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र (क) को लागी खस आर्य बाट सन्तोष कुमार मल्ल, जनजाति बाट पेमा लामा, दलित बाट कर्ण बहादुर कुलालो र महिला बाट झरना देवि बुढा छन् । प्रदेश निर्वाचन क्षेत्र (ख)का लागी खस आर्य तर्फबाट लाल भक्त संज्याल, दलित बाट पदम परियार, महिला बाट बाँचु धामी र सुकुमाया शाही सिफारिस भएका छन् ।

कमेन्ट गर्नुहोस्