बालेन विरुद्ध एमालेले उचाल्यो व्यवसायी, घेरे काठमाडौं महानगर

काठमाडौं । एमालेको मजदुर संगठनको अगुवाइमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले महानगर घेराउ गरेका हुन् ।

केहि समयअघि अल्फाविटा कम्पेलेक्समा मेयर बालेनले डोजर चलाएपछि एमाले नेता महेश बस्नेतले आक्रामक अभिव्यक्ति दिदै आएका थिए ।उनले मेयर बालेनलाई भौतिक रुपमा सम्झाउनुपर्ने बताएका थिए । अहिले उनकै पार्टी एमालेको डिजाइनमा महानगरको अभियान विरुद्ध आन्दोलन सुरु गरिएको हो ।

फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै उनीहरले प्रदर्शन गर्दै महानगर घेराउ गरेका हुन् । साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका हुन् ।

फुटपाथ एवं साना व्यवसायीलाई गरीखाने वातावरण बनाउने कुरा जायज भएपनि डिजाइनमा भू–माफियाहरु जोगाउन एमाले लागि परेको कतिपयको बुझाई छ ।

कमेन्ट गर्नुहोस्