थप ११० जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ८२७ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एक हजार ७५२ जनाको पीसीआर परीक्षणबाट ६० र दुई हजार ७५ जनाको एन्टीजेन परीक्षणमा ५० जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १२६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

देशभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६२ जना छ ।

कमेन्ट गर्नुहोस्