संविधानविरूद्ध प्रदर्शन गर्ने पाँच जना पक्राउ

काठमाडौं। संविधानविरूद्ध प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाइरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको हो।

कमेन्ट गर्नुहोस्