पोखरामा अवैध संरचना हटाउन मेयर आचार्यको निर्देशन

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अवैध संरचना हटाउने बताएका छन ।

फेवाताल किनाराका अवैध संरचनाको निरीक्षण गर्न पुग्नु भएका आचार्यले नगर प्रहरीलाई अवैध संरचना हटाउन निर्देशन दिएका हुन । फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना बनाउन नपाईने नियम रहेको छ ।

पछिल्लो समय संरचना बन्न नरोकिएको सूचना पाएपछि मेयर आचार्यले निरीक्षण गरे । महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट अशुलउपर गर्ने पनि उनले बताए।

महानगरले अवैध संरचना निर्माणमा प्रयोग भएको रेडी मिक्सचर समेत नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्