नेप्सेमा ३८.८१ अंकको गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । सोमबार सार्वजनिक बिदाको कारण बन्द भएको सेयर बजार आइतबार ३३.९७ अंकले गिरावट आएको थियो ।

आज ३८.८१ अकंले नेप्स ओरालो लागको छ । आज नेप्से २.०७ प्रतिशतले घटेर १८३७.६० मा पुगेको हो ।

आज २३१ कम्पनीका ३८ लाख ५९ हजार ५३८ कित्ता सेयर किनबेच भएको छ । आज एक अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२.२७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.९१ प्रतिशतले घेटर ३५८.८७ को बिन्दुमा पुगेको छ ।

आज १३ वटा उपसमूहको समूहगत सूचक पनि ओरालो लागेको छ । आज फाइनान्स समूहको समूहगत सूचक सर्वाधिक ३.८३ प्रतिशतले घटेको छ ।

कमेन्ट गर्नुहोस्