सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ

यस्तै, चाँदीको मूल्य मंगलबार १० रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्