राष्ट्रपतिले संवैधानिक कु गरेको भन्दै सत्तानिकट विद्यार्थीद्धारा प्रदर्शन(तस्बिर सहित )

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको व्यवस्थाअनुसार नागरिकता विधेयक पारित गर्नुपर्ने भए पनि गैरसंवैधानिक कदम चालेको भन्दै सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन्।संविधानमा व्यवस्था भए अनुरुप दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक कु गरेको उनीहरुको आरोप छ ।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक गत मंगरबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

यसैक्रममा बिहीबार बिहान नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियू (क्रान्तिकारी), नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूलगायतले संयुक्त रूपमा माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन ।केपी ओली सरकारले ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको विधयेक एउटै भएपनि राष्ट्रपतिले राजनीतिक रङ्ग देखाएको विद्यार्थीका नेताहरुले बताएका छन ।

उनीहरूले नागरिकताविहीन भएका नेपाली आमा बाबुका छोराछोरीहरूलाई नागरिकता प्रमाण पत्र दिन सरकारले विधेयक ल्याएको बताएका छन । विधयेकले विदेशी नागरिक र अंगिकृतबारे केहि नबोलेको भए पनि त्यसमा अनावश्यक राजनीति गरिएको उनीहरुको भनाई छ । नारिकता विहिनहरुलाई नागरिकता दिने असल मनसायले ल्याएको विधयेक राष्ट्रपतिबाट रोक्ने काम हुँदा नागरिकताविहीन हुनेहरूका समस्या दिनप्रतिदिन झन् बढ्दै गइरहेको विद्यार्थीहरुले बताएका थिए।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा सत्ता गठबन्धनले पनि बुधबार वक्तव्य निकाल्दै राष्ट्रपतिबाट गैरसंवैधानिक कार्य भएको बताएको थियो।

कमेन्ट गर्नुहोस्