काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस भीमफेदीमा दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ६ जना यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो।

बसका चालक फरार छन्। उनी भेटिएपछि थप अनुसन्धान हुने प्रहरीको भनाई छ ।

कमेन्ट गर्नुहोस्