डा. गोविन्द केसीको स्वास्थ्यमा केही सुधार

काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारको माग राखेर त्रिवि शिक्षण अस्पतालमा अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्यमा केही सुधार देखिएको छ ।

डा. केसीको स्वास्थ्य अवस्थामा बुधाबारको भन्दा केही सुधार देखिएको तर इन्डोस्कोपी लगायतका थप परीक्षणको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए ।

डा.केसीलाई टिचिङको एनेक्स १ भवनको कोठा नम्बर ५०१ मा रहेको स्पेसल क्याबिनमा राखिएको छ ।

उनको उपचार तथा निगरानीका लागि लागि एनेस्थेसियोलोजिस्ट डा। प्रमेश सुन्दर श्रेष्ठको नेतृत्वमा, प्रशासनका कर्मचारीसहित पाँच सदस्यीय टोली खटाइएको छ ।

यता डा.केसीले राखेका मागहरूबारे सरकार र डा. केसी पक्षबीच आज तेस्रो चरणको वार्ता भइरहेको छ ।

विभिन्न सात बुँदे माग राखेर डा। केसी एघारौँ दिनदेखि अनशनमा छन् ।

कमेन्ट गर्नुहोस्