भीमफेदी बस दुर्घटना अपडेट : ७ जनाको मृत्यु

हेटौँडा । मकवानपुरको भीमफेदीमा बस दुर्घटना भएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना। ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको आरोलोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरुको हेटौँडामा उपचार भइरहेको जानकारी दिएको प्रहरीले दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको बताएको छ ।

कमेन्ट गर्नुहोस्