युद्धले शान्ति ल्याएको हो, शान्तिले देशलाई सामाजिक न्याय तर्फ अघि बढाएको छ : प्रचण्ड

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री प्रचण्डले शान्ति लोकतन्त्र र परिर्वतनको निम्ति माओवादीले भुमिकालाई विशेष रुपमा बुझ्नुपर्ने बताएका छन । बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले विश्वमा भएका ठुला ठुला क्रान्ति, युद्ध र शान्तिका श्रीङ्खलालाई हेर्ने हो भने युद्ध गर्नेहरुलाई नै शान्तिको महत्व हुने गरेको तथ्य रहेको भन्दै नेपालमा शान्तिको सबैभन्दा ठुलो पक्षपाति माओवादी भएको बताए ।

अध्यक्ष प्रचण्डले आफूहरु शान्ति प्रक्रियामा आएको १५ वर्ष भन्दा बढी भइसक्दा पनि हेर्ने दृष्टिकोण नफेरिएको र अहिले पनि माओवादी उस्तै छ भन्ने भ्रम रहेको टिप्पणी गरे । उनले मानवता, लोकतन्त्र र शान्तिप्रतिको लगाव र निष्ठा भएकै कारण माओवादीले शान्ति सम्झौता मार्फत देशमा शान्ति, लोकतन्त्र र समृद्धिको निम्ति पहकदमी लिएको बताए ।माओवादी शान्ति प्रिय भएकै कारण जनताको शान्तिको चाहानासँग एकाकार भएको उनको भनाइ थियो ।

युद्धले शान्ति ल्याएको , शान्तिले देशलाई गणतन्त्रमा पुर्याएको ,गणतन्त्रले सबैलाई समानता र सामाजिक न्याय दिने तर्फ अघि बढाएको कुरा सबैले स्मरण गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो ।

‘अहिले पनि माओवादी उस्तै छ कि भन्ने भ्रम छ । अहिले हामी शान्ति प्रक्रियामा सहभागी छौं । हामी उस्तै छौ भन्ने विभ्रम त्यागौं । युद्धले शान्ति ल्याएको छ नेपालमा । युद्धले शान्ति संबिधान लोकतन्त्र ल्याएको हो । माओवादी तपाईँको भवना र शान्तिको चाहनासंग एकाकार छ भन्ने विश्वाश दिलाउन चाहन्छु’ प्रचण्डले भने ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई सम्झिँदै प्रचण्डले थापाले पछिल्लो समय हरेक राजनीतिक विषयमा प्रचण्डसँग छलफल गर्नुपर्ने धारणा व्यक्त गर्ने गरेको बताए । ‘हरेक राजनीतिक संवाद र सहमति प्रचण्डसँग कुरा नगरी हुँदैन है भन्नु हुन्थ्यो । उहाँ अभिभावक जस्तो भूमिकामा हुनुहुन्थ्यो । पछिल्लो चरणमा उहाँ अभिभावक बनेर प्रस्तुत हुनुभयो’ उनले भने ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले सकारात्मक रुपमा होस् वा नकारात्मक रुपमा सरदर भन्दा माथि उठेर नेपाली राजनीतिका भुमिका निर्वाह गरेको समेत बताए ।

कमेन्ट गर्नुहोस्