नुवाकोट किस्पाङमा तीन दिने बृहत स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । किस्पाङ्ग गाउँपालिका र परिवर्तन युवा क्लबको संयुक्त आयोजनामा तीन दिने बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा करिब १७०० जनाले सेवा लिएका थिए । उक्त शिविरमा सहभागी मध्ये दाँत र आँखाका सम्बन्धि बिरामीको संख्या धेरै रहेको कार्यक्रम संयोजक कृष्ण बहादुर तामाङले जानकारी दिए।

साथै, करिब ७० जना जटिल खालका बिरामीलाई आयोजकले संपूर्ण खर्च प्रदान गरी नुवाकोटको त्रिशुली अस्पताल र काठमाण्डौंका विभिन्न अस्पतालहरुमा उपचारको व्यवस्था गरेको छ ।

त्यसैगरी, शिविर सञ्चालनको क्रममा छातीमा संक्रमण देखिएका किस्पाङ २ ताजिका बिरामीलाई तत्काल अस्पताल लैजान पर्ने चिकित्सकको सल्लाह अनुसार एम्बुलेन्स खर्च र आवश्यक अन्य आर्थिक खर्च प्रदान गरी त्रिशुली अस्पतालमा उपचारको व्यवस्था गरीएको जनस्वास्थ्यकर्मी विनोद न्यौपाने जानकारी दिए ।

शिवरको क्रममा हिजो ३१ जनाले रक्तदान गरेका थिए । शिविरबाट किस्पाङ गाउँ पालिकाको विभिन्न वडाका नागरिकहरु लाभान्वित भएका छन। शिविर किस्पाङमा अहिलेसम्मकै राम्रो भएको स्थानीयको भनाइ छ ।

शिविरको उद्घाटन असोज ३गते किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ उपाध्यक्ष अर्जुन प्रसाद न्यायौपाने वडा नम्बर दुईका वडा अध्यक्ष लगाएतले गरेका थिए ।

शिविरसफल पार्नको निम्ति ऐंसेलु भुमे माध्यमिक विद्यालयका शिक्षक विद्यार्थीले सहयोग पुर्याएको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्