चापागाउँमा निःशुल्क स्वास्थ्य शिविर, २७६ जनाको उपचार

ललितपुर । नवीनतम प्रयास सामाजिक संस्था चापागाउँद्धारा आयोजित स्वास्थ्य शिविरमा २ सय ७६ जनाले निःशुल्क औषधी उपचार गराएका छन् ।

गोदावरी नगरपालिका र चापागाउँ मेडिकल हलसँगको समन्वयमा सम्पन्न शिविरमा ल्याब परीक्षणलगायत थप उपचार गर्नुपर्ने देखिएकाहरुलाई पाटन र वीर अस्पतालमा गराउन समन्वय गरिएको आयोजकले जनाएको छ ।


नवीनतम प्रयास संस्थाका उपाध्यक्ष सन्दिप श्रेष्ठले शिविरले स्वास्थ्यप्रति संवेदनशीलता एंव नियमित स्वास्थ्य परीक्षणको आवश्यकता बारे जनतामा बोध भएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्