सत्तारुढ युवा संगठनले बुझाए ७७ वटै जिल्ला प्रशासन मार्फत राष्ट्रपतिलाई ज्ञापनपत्र

काठमाडौं । सत्तारुढ गठबन्धनका युवा संगठनहरुले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार पाँचदलीय गठबन्धनका युवा संगठनहरुले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपतिको असंवैधानिक कदम विरुद्ध ज्ञापनपत्र बुझाएका हुन् ।

शुक्रवार देशैभरका ७७ वटै जिल्ला प्रशासन कार्यलय मार्फत आ–आफ्नो अनुकुलतामा राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै ज्ञापनपत्र बुझाईएको योङ कम्युनिस्ट लिग (वाइसिएल) का केन्द्रीय अध्यक्ष सुवोध शेर्पालीले जानकारी दिए ।

उक्त विज्ञप्तिमा संयुक्त युवाहरूले संसदले प्रमाणीकरणको लागि पठाएको नागरिकता विधेयक संवैधानिक समय सीमा भित्र प्रमाणिकरण नगरी संविधानको संरक्षकबाटै संविधानमा हमला हुनु निन्दनीय भएको जनाएका छन् ।

नागरिकता विधेयक फेल भएपछि नेपाली नागरिकता प्राप्त गरिसकेका लाखौं बाबु–आमाका सन्तान नै नागरिकता प्राप्त गर्न बाट वञ्चित हुनु परेको बताएका छन् ।

साथै,राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अराजतावादी कार्य गरेको उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्