गठबन्धनमा प्रदेशसभा सिट बाँडफाँटबारे आजबाट छलफल हुने

सत्ता गठबन्धनमा प्रदेशसभा सिट बाँडफाँटबारे आजबाट छलफल हुने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल गरिएको थियो भने हालसम्म भएको सहमतिलाई कायम राख्ने सहमति समेत भएको ।

गठबन्धनले आजदेखि भने प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्ने छन् । निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकिसकेको अबस्थामा दलहरुलाई छिटो सिट बाँडफाँट टुंग्याउनुपर्ने तिब्र दबाव छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको गत साउन २० गते बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका थिए भने सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदलसमेत गठन गरिएको थियो ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलको बैठकले लगातार कार्यदलस्तरमा र शीर्ष नेतृत्व तहमा सिट बाँडफाँटबारे छलफल गर्दै आएको भएपनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्