दीपशिखा माबिको दशै तिहार बिशेष कार्यक्रम सम्पन्न

शोभा बन्जाडे, दाङ्ग। दीपशिखा आवासिय माबिले एक कार्यक्रमका बिच दशै तिहार तथा बिशेष कार्यक्रम मनाएको छ ।

आईतवार घोराहीमा सम्पन्न दशै तिहार विशेष कार्यक्रममा सुभकामना व्यक्त गर्दै बिद्यालयका पुर्ब प्रधानध्यापक एबम बुद्धिजीवी कार्यक्रमका बिशिस्ट अतिथि सन्तोष रेग्मीले दीपशिखा आबासिय माबिले स्थापना देखी नै रार्ष्ट्रिय चाड पर्बहरु मनाउदै गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । सेयर सदस्य समेत रहेका रेग्मीले कठिन परिस्थितिमा स्थापना गरेको बिधालयले निरन्तर गुणस्तर शिक्षामा सक्रिय भएको बताए।

कार्यक्रममा बिधालयका प्रतिराज बस्नेत धन बहादुर बि सि लगाएत शिक्षकहरुको उपस्थिति थियो ।
दीपशिखा आवासीय माबि दाङ्गका प्रधानध्यापक प्रदिप राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतमन्तव्य बिद्यार्थीको तर्फबाट बिजय वलि र शिक्षक अशोक भुसालले राखेका थिए। कार्यक्रम सहजीकरण प्रतीक रेग्मी र सबिना नगरकोटिले गरेका थिए ।

कमेन्ट गर्नुहोस्