कार्यदलले तय गर्यो प्रदेशसभा सिट बाँडफाँटको दुई मापदण्ड

काठमाडौं । सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको छ ।

मंगलबार बालुवाटारमा बसेको बैठकले प्रदेशसभामा सिट बाँडफाँटका लागि दुईवटा मापदण्ड तय गरेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यतिबेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ ।

बुधबार बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलका सदस्यहरू बसेर सिट बाँडफाँटको काम टुंगो लगाउने उनले बताए ।

कमेन्ट गर्नुहोस्